हाम्रो मिशन

लक्ष्य

सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको वा यस ऐन अर्न्तगतको कुनै कसुर गरेको वा कुनै अनियमित कार्य गरेको भनी उजुरी पर्न आएमा वा कुनै किसिमले जानकारी प्राप्त भएमा त्यस्ता उजुरीहरुमाथि प्रारम्भिक छानवीन गर्नेछ । आयोगले प्रदेश सरकारको अनुदान वा सहयोगबाट स्थानीय तह वा कुनै संगठित संस्थाले संचालन गरेको कुनैपतन परियोजना वा कार्यक्रम समेतमा भ्रष्टाचार वा यस ऐन अर्न्तगतको कुनै कसुर गरेको वा कुनै अनियमितता गरेको व्यहोराको उजुरी परी वा कुनै किसिमले जानकारी भएमा त्यस उपर प्रारम्भिक छानवीन गर्नेछ । आयोगले प्रदेश र स्थानीय स्तरका सरकारी कार्यलययहरुमा अनगुमन निरीक्षण गर्न, आय व्ययको विवरण तथा लेखापरीक्षणको विवरण हेर्न, आवश्यक कागजात माग गर्न, मुचुल्का गर्न र खानतलाशी गर्नेछ ।

दृष्टिकोण

मधेश प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन मधेश प्रदेशको (तात्कालिन प्रदेश नं.२) प्रदेश सभाद्वारा निर्मित “प्रदेश जनलोकपाल ऐन, २०७७” को दफा २३ अर्न्तगत प्रदेश जनलोकपाल आयोगको गठन भएको छ । मिति २०७७।०५।२३ मा प्रमाणीकरण भएको उक्त ऐनद्वारा निर्देशित यस आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिवाट अख्तियार दुरुपयोग भएको सम्वन्धमा छानविन, अनुसन्धान र तहकिकात गरी भ्रष्टाचार र अनियमितता नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अठोट लिएको छ। प्रदेशवाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पँहुच सुनिश्चित गर्न तथा कानुनको शासन, चुस्त प्रशासन, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र श्रोतको कुशल व्यवस्थापन जस्ता सुशासनको आधारभुत मान्यतालाई आत्मसात गरी नागरिकको अधिकारलाई व्यवहारमा उतार्नका लागि प्रशासन संयन्त्रलाई ठोस रुपमा सेवाप्रदायक बनाउन आगामी दिनमा यस आयोगले अझ सकृयताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नका लागि सर्वसाधारण, नागरीक समाज र सरोकारवाला बाट सहयोगको अपेक्षा गर्दछु ।

तथ्यांक

आर्थिक वर्ष २०८१/८२ सम्म जम्मा उजुरीहरु: ५६ प्रदेश तहको : १५   स्थानिय तहको: ३२    अन्य निकायको:  ०९

परिचय

सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको  सम्वन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आयोगको रुपमा प्रदेश जनलोकपाल आयोगले आफ्नो कार्यसम्पादन गर्दै आएको छ। आयोगले भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भइ कार्य गर्ने गरी काम कर्तव्य र अधिकार प्रदान गरेको छ । ऐनले प्रदान गरेका जिम्मेवारी सम्पादन र भ्रष्टाचार नियन्त्रणमा राखेका लक्ष्यहरु प्राप्तिका लागि आयोगले उपचारात्मक निरोधात्मक प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनितिहरुलाई अंगिकार गरी कार्य सम्पादन गर्दै आएको छ । प्रदेश जनलोकपाल आयोगको कार्यालय मुजेलिया जनकपुरधाममा रहेको छ । यस आयोगले ऐनको व्यवस्था अनुरुप वर्षभरि सम्पादन गरिएका कामकारवाहीहरुको वार्षिक प्रतिवेदन तयार गरी माननिय प्रदेश प्रमुख समक्ष पेश गर्नेछ ।